एन्फा निर्वाचन प्रक्रिया स्थगित

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नभएसम्मको लागि निर्वाचन स्थगित गरेको हो । एन्फा निर्वाचन समितिको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ । यसअघि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले माघ गते देखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पनि निर्वाचन समितिले जनाएको छ ।

उच्च अदालतले निवेदक २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका सदस्य भएको र चार वर्षे कार्यकाल अझै बाँकी रहेको प्रारम्भिक रुपमा देखिएको उल्लेख गरेको थियो । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचनसम्बन्धी कुनै काम कारबाही अघि बढाउन नपाइने समेत आदेश गरेको छ । एन्फा निर्वाचनका लागि पदाधिकारीको मनोनयन दर्तासमेत सम्पन्न भईसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...