टी–२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा

Published on

काठमाडौं । नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदै समूह बी बाट सुपर सिक्समा स्थान बनाएको हो । नेदरल्यान्ड्स तीन खेलबाट ६ अङ्क बनाउँदै जोड्दै शीर्षस्थानमा रह्यो । लगातार दोस्रो हार खेपेको नेपालको सुपर सिक्स सम्भावना कमजोर बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँको क्षतिमा एक ४० रनको बनाएको थियो । एक सय ४१ विजयी लक्ष्य पाएको नेपाल २० ओभरमा सात सवकेटको क्षतिमा एक सय ३८ रन बनाएको हो ।

नेपालको लागि पूर्व कप्तान रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन बनाउनुभयो । यससँगै रुविना टी-२० मा नेपाललाई एक हजार रन पूरा गर्ने खेलाडी समेत बन्नुभएको छ । सिता रानामगरले अविजिता २७ र बिन्दु रावलले १८ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले तीन तथा सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले एक एक विकेट लिनुभयो । यसअघि नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै स्टेर कालिसले ३०, रोबिन रिके १९ र आइरिस ज्विलिङले अविजित १४ रन बनाउनुभयो । बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले दुई तथा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले एक एक विकेट लिनुभयो । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...