अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिक मारिनुका साथै  घाइते भएका छन् । सुरक्षा परिषद्का सदस्यले पछिल्लो समयमा सबै प्रकारका आतङ्कवादले अफगानिस्तान र विश्वमै शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा स्थान बनेको पुष्टि गरेका छन् । निन्दनीय कार्यका आयोजक, र प्रायोजकलाई जवाफ देही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन आवश्यक रहेको कुरामा जोड दिँदै काउन्सिलले सबै राज्यलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गत आफ्ना दायित्व अनुसार सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेको छ । सुरक्षा परिषद्का सदस्यले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको बताउदै यसले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून, र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरा विरुद्ध लड्नु पर्ने बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...