स्कटल्यान्डसँग हारेसँगै नेपाल महिला विश्वकप छनोटबाट बाहिरियो

Published on

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो । नेपालले छनोट खेलमा तेस्रो हार खेप्यो । चार खेलमा नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले हराएको थियो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा नौ विकेटको क्षतिमा ६८ रनमा इनिङ सकेको थियो । कप्तान इन्दु बर्माले चोटका कारण बिचमै मैदान छाड्नुभएको थियो । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४/१४ रन बनाउनुभयो ।

रुबिना क्षेत्रीले १० रन जोड्नुभयो । बलिङमा स्कटल्यान्डका अब्ताहा मकसुदले तीन विकेट लिनुभयो । यस्तै कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले दुई दुई तथा ओलिभिया बेल र रचेल स्लेटरले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । 

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाउनुभयो । अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोड्नुभयो । बलिङमा नेपालकी मनीषा उपाध्यायले चार विकेट लिनुभयो । रुबिना क्षेत्रीले तीन तथा सीता रानामगर, रिया शर्मा र कविता जोशीले एक एक विकेट लिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...