टाइगर कप : एपिएफका दुबै टोली विजयी

Published on

काठमाडौं । टाइगर कप भलिबलको सोमबार भएका खेलमा महिला र पुरुष दुबैतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लब एपिएफसँग ३–० को सोझो सेटमा पराजित भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार व्यहोरेको छ । हारसँगै आर्मी टाइगर कपको फाइनल दौडबाट बाहिरिएको हो । लिगको अङ्कका आधारमा महिलातर्फ पहिलो र दोस्रो हुनेले फाइनल खेल्नेछन् । आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थिया।आर्मीले अन्तिम खेल मंगलबार थाइल्यान्ड क्विन्ससँग औपचारिकताको लागि मात्र खेल्नेछ । सोमबारको आर्मीविरुद्ध एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जितेको थियो । पहिलो खेलमा थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपिएफ दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबसँग पराजित भएको थियो । 

टाइगर कप भलिबलको पुरुषतर्फ भएको सोमबारै खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको छ । एपिएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले जित्यो । एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने भलिबलमा च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...