टाइगर कप : एपिएफका दुबै टोली विजयी

Published on

काठमाडौं । टाइगर कप भलिबलको सोमबार भएका खेलमा महिला र पुरुष दुबैतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लब एपिएफसँग ३–० को सोझो सेटमा पराजित भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार व्यहोरेको छ । हारसँगै आर्मी टाइगर कपको फाइनल दौडबाट बाहिरिएको हो । लिगको अङ्कका आधारमा महिलातर्फ पहिलो र दोस्रो हुनेले फाइनल खेल्नेछन् । आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थिया।आर्मीले अन्तिम खेल मंगलबार थाइल्यान्ड क्विन्ससँग औपचारिकताको लागि मात्र खेल्नेछ । सोमबारको आर्मीविरुद्ध एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जितेको थियो । पहिलो खेलमा थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपिएफ दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबसँग पराजित भएको थियो । 

टाइगर कप भलिबलको पुरुषतर्फ भएको सोमबारै खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको छ । एपिएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले जित्यो । एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने भलिबलमा च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...