राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै एपिएफ शीर्षस्थानमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो । एपिएफ जारी लिगमा अपराजित टोली हो । एपिएफको जितमा दुवै गोल समीरराज थोकरले गर्नुभयो । जावलाखेलका धर्बेन्द्र कुँवरले सान्त्वना गोल गर्नुभयो । 

जितसँगै एपीएफले चार खेलबाट १२ अङ्क बनाएको छ । समान खेलबाट १० अङ्क बनाएको लालीगुराँस एसोसिएसन दोस्रो स्थानमा छ । तेस्रो हार खेलेको जावलाखेलको तीन अङ्क छ । लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...