फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुरु गर्न माग

Published on

काठमाडौं । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुचारु गर्न माग गदै स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकषर्ण गरेका छन् । विद्युत आयोजना निमार्ण कार्य लामो समय रोकिएको भन्दै स्थानीयले प्रशासन मार्फत निमार्ण कम्पनीको ध्यानाकषर्ण गरेका हुन् । विद्युत उत्पादन कम्पनीले २०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागबाट अनुमति लिएर काम सुरु गरेको थियो । कालीकोटमा निर्माण हुने चारसय ८० मेगावाटको फुकोट कर्णाली अर्धसलासाययुक्त जलविद्युत आयोजना दुई वर्ष यता निमार्ण कार्य ठप्प छ । आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सम्झौता गरेपछि अदालतमा मुद्धा परेका कारणले आयोजनाको काम ठप्प छ । मुद्धा खारेज भएपनि कम्पनीले काम सुरु नगरेको भन्दै स्थानीयले प्रशासनको ध्यानाक्रषण गराएका हुन । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले स्थानीयले काम सुरु गर्न भनेको पुष्टि गर्नुभयो । 

तर अदालतको फैसलाको पूर्ण पाठ नआएको र ५१ प्रतिसत सेयर लिएको भारतीय एनएचपीसी इण्डिया लिमिटेडको कम्पनीले पनि विभिन्न कुरा गरेकाले आयोजना अगाडी बढ्न नसकेको आफूले बुझेको बताउनुभयो । नेपाल र भारतीय कम्पनी बिच केही अन्यवलका विषयमा प्रस्ट भएपछि बल्ल काम अगाडी बढ्ने आफूले सूचना पाएको प्रजिअ सुयलले बताउनुभयो । आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका वडा ३ मा पर्छ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका वडा ११ मा छ । मुख्य बाँधको उचाइ जगदेखि एकसय ६० मिटर तथा नदीको पिँधको स्तरबाट एकसय नौ मिटर आयोजनाको अध्यान प्रतिवेदनमा उल्लेख छ । बाँधको माथिल्लो भागको लम्बाइ तीनसय १३ मिटर र चौडाइ दश मिटर हुनेछ ।

आयोजना निर्माणका लागि भने जग्गा अधिग्रहण भइसकेको छ । स्थानीयलाई ४५ करोड रुपियाँ बढी मुआब्जा लगायतमा खर्च भइसकेको छ । आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुनेछ । प्राय जग्गा अधिकरण भईसकेको भएपनि काम भने अझै अगाडी बढ्न सकेको छैन । कालीकोटको सानीत्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँचसय २० मिटरको परीक्षण सुरुङ खनेर एकसय ६० मिटर अग्लो बाँध निर्माणगरी १३.५ किलोमिटर सुरुङबाट सान्नीत्रिवेणी १ को भौतेगडामा निर्माण हुने विद्युत आयोजनामा जोड्ने योजना छ । आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । भारतीय कम्पनीलाई दिन नहुने भन्दै परेको मुद्धा मुद्धा खारेज भएपछि आयोजनाको काम अगाडी बढ्ने बाटो खुलेको भयपनि काम भने अझै सुरु भएको छैन । आयोजनाको ब्याजदरसहित ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...