सल्यानमा निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारको प्रतिबद्धता

Published on

काठमाडौं । सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन्। निर्वाचन कार्यालय सल्यान तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकमा सहभागीले समय र स्थान नजुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई जानकारी गराउने तथा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सभासम्मेलन आयोजना गर्ने सहमति जनाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा सहभागीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन आचारसंहिता पालन भए नभएको अनुगमनको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक प्रमुखलाई दिइएको छ। बैठकमा मुख्य निर्वाचन अधिकृत प्रल्हाद योगीले सबैको सम्मान हुने तथा मितव्ययी ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो। 

उहाँले यो निर्वाचन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि निगरानीमा रहेको उल्लेख गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभयो। त्यसैगरी प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले निर्वाचन आचारसंहिता उम्मेदवारलाई मात्र नभई सबै पक्षलाई लागु हुने स्पष्ट पार्दै आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयो। उहाँले सभ्य, स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट निर्वाचन जित्न सुझाव दिनुभयो।  गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...