निर्वाचन नजिकिँदै जाँदा गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो । मनोनयन दर्ता गरेसँगै जिल्लाका सबै दलका उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका हुन् । कुन गाउँमा कति बेला पुग्ने भन्ने साप्ताहिक योजना नै बनाएर आफूहरू गाउँमा जान थालेको नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “मत माग्दै गाउँमा पुग्दा सर्वसाधारणमा भने उत्साह देखिने गरेको छ ।” बसाइसराइ र कामका लागि गाउँका मानिसहरू सहर तथा विदेशमा पुग्ने गरेका छन् । पछिल्लो समय गाउँ सुनसान जस्तै रहँदै आएको थियो ।

चुनावका लागि जिल्लाका दुई वटै क्षेत्रका उम्मेदवारहरू गाउँगाउँ पुगेको नेकपा(एमाले)का स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रले जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारका लागि पालिका तहमा मात्रै होइन गाउँमा समेत सम्पर्क कार्यालय खुल्न लागेको कांग्रेस गल्याङ् नगर सभापति श्यामप्रसाद बस्यालले बताउनुभयो । गाउँमा चहलपहल बढेसँगै बल्ल चुनाव आए जस्तो लागेको उहाँको भनाइ छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २१ जना र तीन जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । गाउँगाउँमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरूको चर्चा हुने गरेको छ । जिल्लामा कांग्रेसबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल, नेकपा(एमाले)बाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, रास्वपाबाट डाक्टर धनन्जय रेग्मी र झविलाल डुम्रे मुख्य प्रतिस्पर्धामा रहेका छन् । जनजातिको बाहुल्यता रहेको स्याङ्जा क्षेत्र नं. १ मा हर्क साम्पाङ् नेतृत्वको श्रमसंस्कृति पार्टीको पनि चुनावी अभियान तीव्र छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...