निर्वाचन नजिकिँदै जाँदा गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो । मनोनयन दर्ता गरेसँगै जिल्लाका सबै दलका उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका हुन् । कुन गाउँमा कति बेला पुग्ने भन्ने साप्ताहिक योजना नै बनाएर आफूहरू गाउँमा जान थालेको नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “मत माग्दै गाउँमा पुग्दा सर्वसाधारणमा भने उत्साह देखिने गरेको छ ।” बसाइसराइ र कामका लागि गाउँका मानिसहरू सहर तथा विदेशमा पुग्ने गरेका छन् । पछिल्लो समय गाउँ सुनसान जस्तै रहँदै आएको थियो ।

चुनावका लागि जिल्लाका दुई वटै क्षेत्रका उम्मेदवारहरू गाउँगाउँ पुगेको नेकपा(एमाले)का स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रले जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारका लागि पालिका तहमा मात्रै होइन गाउँमा समेत सम्पर्क कार्यालय खुल्न लागेको कांग्रेस गल्याङ् नगर सभापति श्यामप्रसाद बस्यालले बताउनुभयो । गाउँमा चहलपहल बढेसँगै बल्ल चुनाव आए जस्तो लागेको उहाँको भनाइ छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २१ जना र तीन जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । गाउँगाउँमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरूको चर्चा हुने गरेको छ । जिल्लामा कांग्रेसबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल, नेकपा(एमाले)बाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, रास्वपाबाट डाक्टर धनन्जय रेग्मी र झविलाल डुम्रे मुख्य प्रतिस्पर्धामा रहेका छन् । जनजातिको बाहुल्यता रहेको स्याङ्जा क्षेत्र नं. १ मा हर्क साम्पाङ् नेतृत्वको श्रमसंस्कृति पार्टीको पनि चुनावी अभियान तीव्र छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...