पाँच दिनदेखि सम्पर्कविहीन बेघा मृत अवस्थामा फेला

Published on

काठमाडौं । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो । केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो ।

निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...