पाँच दिनदेखि सम्पर्कविहीन बेघा मृत अवस्थामा फेला

Published on

काठमाडौं । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो । केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो ।

निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...