सुन र चाँदीको गहना चोरी

Published on

काठमाडौं । झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीरबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका –१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना चोरी गरेको जानकारी पाएर प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरीमा विभिन्न सुनका गरगहना ६ तोला, चाँदीका गरगहना १२ तोला र नगद २० हजार रुपियाँ गरी अन्दाजी १९ लाख रुपियाँ बराबरको धनमाल चोरी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

त्यसैगरी अर्जुनधारा नगरपालिका –९ कालिस्थान सिरानमा पनि चोरीको अर्को घटना भएको जनाइएको छ । स्थानीय नारद पोख्रेलको घरमा पनि चोरी भएको छ । प्रहरीले घटनाको बिषयमा बुझ्ने र आवश्यक जानकारी लिने काम गरिरहेको खड्काले बताउनुभएको छ । दुई जना अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी दराज खोली सुनका गरगहना २ तोला, चाँदीका गरगहना ३ तोला, नगद ५५ हजार रुपियाँ र भीभो कम्पनीको एक थान मोबाइल फोन चोरी गरी लगेको पाखरेलले जनाउनुभयो । करिब ८ लाख रुपियाँ बराबर चोरी भएको पोखरेलले जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...