हुम्लमा चुनाव : छ जना पुरुषसँग एक्ली महिला उम्मेदवार लाम्जोङ

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टासी लाम्जोङ एक्ली महिला उम्मेदवार हुनुहुन्छ। रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएपछि लाम्जोङ चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका सात जना उम्मेदवारमध्ये एक जना मात्र महिला रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो। प्रारम्भमा रास्वपाले लाम्जोङको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको थियो। तर भूराजनीतिक कारण देखाउँदै पछि उक्त सूचीबाट नाम हटाइएको थियो। समानुपातिक सूचीबाट नाम हटाइएको जानकारी पाएपछि रास्वपा हुम्ला र लिमीका स्थानीय पार्टी कार्यालयमा गरिएको पहलपछि उहाँले प्रत्यक्षतर्फको टिकट पाउनुभएको हो।

२६ वर्षीया लाम्जोङले नवयुवाको भावना र आवाज प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो। “केही गरौँ भन्ने हुटहुटीका कारण सानै उमेरमा राजनीतिमा होमिएकी हुँ,” उहाँको भनाइ छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको हल्जी बस्तीकी स्थायी बासिन्दा लाम्जोङलाई नयाँ अनुहारलाई अवसर दिने हुम्लावासीको चाहनामा आफूले विश्वास राखेको बताउनुहुन्छ। लाम्जोङसँग प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार पुरुष छन्। नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दलबहादुर रावल, नेपाल कम्युनिष्ट पार्टीबाट डा. दिपेन्द्र रोकाया, नेकपा (माओवादी केन्द्र)बाट कुम्भ बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा उम्मेदवार रहनुभएको छ।

निर्वाचन हुन अब ३२ दिन मात्र बाँकी रहँदा सातवटै गाउँपालिका र १६३ वटा बस्ती रहेको हुम्लामा प्रचारप्रसारका लागि उम्मेदवारहरू दिनरात खटिन बाध्य छन्। हिमपातको प्रतिकूल मौसमका बाबजुद पनि उम्मेदवारहरू गाउँगाउँमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एकमात्र रहेको हुम्ला जिल्लाबाट यसपटक प्रतिनिधिसभा सदस्यका लागि सबै उम्मेदवार नयाँ अनुहार रहेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...