‘मेरो उम्मेदवारी सुदूरपश्चिम र राष्ट्रका लागि हो’

Published on

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताउनुभएको छ । कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग बोल्दै सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी समेत गर्नुभयो । २१ फागुनमा हुने चुनावमा एमालेले सुदूरपश्चिममा रणनीति अनुसार चुनावी परिचालन गरेको भए पनि १२ सिट भने ढुक्कसँग विजयी हासिल गर्ने उहाँको भनाइ छ । कैलाली–४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने उहाँले बताउनुभयो ।  

कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मालगायत नेताहरूको सहभागिता थियो । क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै एमालेले सङ्गठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । यसैबिच केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको उपसचिवमा भागिरथी विष्ट र सचिवमा गणेश साउद चयन हुनुभएको छ । भट्ट यस क्षेत्रबाट यसअघि दुई पटक सङ्घीय सांसदमा निर्वाचित भई मन्त्री समेत भइसक्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...