अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

Published on

काठमाडौं । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिनु भएको छ । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबिच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

उहाँका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय चासोका राजनीतिक, कूटनीतिक र रणनीतिक विषयमा स्पष्ट र व्यवहारिक कार्ययोजना (रोडम्याप) तय गर्नु हो। साथै विगतदेखि रहँदै आएका मतभेद, असहमति र विवादास्पद विषयलाई शान्तिपूर्ण र कूटनीतिक संवादमार्फत सम्बोधन तथा समाधान गर्ने प्रयास गरिने छ । 

विदेशमन्त्री गिलले यो सम्पूर्ण प्रक्रिया पारस्परिक सम्मान, समानता र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै अघि बढाइँदै आएकोमा जोड दिँदै, यी सिद्धान्त नै अमेरिका–भेनेजुएला सम्बन्धलाई मार्गदर्शन गर्ने आधारभूत मान्यता भएको स्पष्ट पार्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...