अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

Published on

काठमाडौं । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिनु भएको छ । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबिच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

उहाँका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय चासोका राजनीतिक, कूटनीतिक र रणनीतिक विषयमा स्पष्ट र व्यवहारिक कार्ययोजना (रोडम्याप) तय गर्नु हो। साथै विगतदेखि रहँदै आएका मतभेद, असहमति र विवादास्पद विषयलाई शान्तिपूर्ण र कूटनीतिक संवादमार्फत सम्बोधन तथा समाधान गर्ने प्रयास गरिने छ । 

विदेशमन्त्री गिलले यो सम्पूर्ण प्रक्रिया पारस्परिक सम्मान, समानता र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै अघि बढाइँदै आएकोमा जोड दिँदै, यी सिद्धान्त नै अमेरिका–भेनेजुएला सम्बन्धलाई मार्गदर्शन गर्ने आधारभूत मान्यता भएको स्पष्ट पार्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...