सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने पाँच सय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो ।

प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन०, करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ । विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उहाँको भनाइ रहेको छ ।विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन् । जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि पनि धेरैजसो बिरामी अस्पताल जानुको सट्टा झारफुक, धामी–झाँक्री र घरेलु उपचारमा निर्भर हुने गरेका छन् । जसले गर्दा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ । “सर्पले टोकेपछि समयमै अस्पताल पुगेर ‘एन्टी स्नेक भेनम’ सुई लगाउन सके विषालु सर्पले टोकेका बिरामीलाई बचाउन सकिन्छ,” कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भन्नुभयो, “ढिलाइ हुँदा भने ज्यान जाने जोखिम बढ्छ ।” हाल सुदूरपश्चिमका नौवटै जिल्लामा सर्पदंशको प्राथमिक उपचार सेवा उपलब्ध भए पनि जटिल प्रकृतिका बिरामीलाई भने सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका सर्पदंशका बिरामीलाई सडकको असुविधा र यातायात सेवाको अभावका कारण समयमै अस्पताल ल्याउन कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । तराईका जिल्लामा नेपाली सेनाले विभिन्न स्थानमा स्थानिय तहको समन्वयमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । यसले आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन सहयोग पु¥याएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...