निर्वाचन आचारसंहिता पालना गर्ने दल र उमेदवारको प्रतिवद्धता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा मर्यादित रुपमा समपन्न गराउने उद्देश्यले रसुवा जिल्लाका उम्मेदवार तथा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता गराउने जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित सर्वदलीय बैठकमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा राजनितिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने सहमति जनाएका छन् । सर्वदलीय बैठकमा उम्मेदवार तथा दलह्ररुको तर्फबाट आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो । बैठकमा निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पदमा रहेका व्यक्ति, सघंसंस्था, पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता सम्बन्धी विषयमा छलफल गर्दै आवश्यक जानकारी गराइएको थियो । आभारसंहिता अनुगमन समितिले स्पष्ट पारेको छ । उजुरी दिन आयोगले तोकेको ढाँचा अनुसार प्रक्रिया अपनाउन समितिले आग्रह गरेको छ।

उम्मेदवार तथा राजनितिक दलहरुले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन भ्रए नभएको विषयमा कडा अनुगमन र्गन प्रशासन, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आग्रह गरेका छन् । आचारसंहिता सम्बन्धी जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत धुव्रकुमार उप्रतीले निर्वाचन प्रक्रियाको विश्वनीयता कायम राख्न सबै पक्षबाट यसको पूर्ण पालना आवश्यक रहेको बताउनुभयो । साथै, बैठकमा घरदैलो कार्यक्रम, आमसभा, चसवानी प्रचारप्रसार तथा र्‍याली सञ्चालन गर्दा पूर्वनिर्धारित कार्यतालिका, बनाएर अघि बढ्नुपर्ने आमसभा तथा माघ कार्यक्रमको विवरण माघ मसान्तभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने र उम्मेदवारले सम्पर्क व्यक्ति तोक्नुपर्ने विषयमा समेत छलफल भएको छ । निर्वाचन अवधिभर जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो । निर्वाचनको क्रममा अनावश्यक हुलहुज्जत, अवाञ्छित गतिविधि वा कानुनविपरीत कार्यमा संलग्न जाे कोहीलाई पनि कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...