शहीद कालिका मार्ग कालोपत्रेका लागि बजेट सूनिश्चित, स्थानीय खुसी

Published on

काठमाडौं । तनहुँको व्यास नगरपालिका–८ मा पर्ने शहीद कालिका मोटरमार्ग अन्तर्गत अमले जौबारीदेखि बिलाउनीसम्मको सडक खण्ड कालोपत्रे हुने निश्चित भएपछि स्थानीयवासीको वर्षौँदेखिको प्रतीक्षा अन्त्यतर्फ उन्मुख भएको छ । चालु आर्थिक वर्षमा १६ करोड रुपियाँ बजेट सुनिश्चित भएसँगै धुलो, हिलो र कष्टकर यात्राबाट मुक्ति पाउने आशाले क्षेत्रवासी उत्साहित बनेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहल तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडा ८ का अध्यक्ष युवराज गुरुङ र जिल्लाका राजनीतिक नेतृत्वबीचको निरन्तर समन्वयपछि यो बहुप्रतीक्षित आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । आयोजनाअन्तर्गत अमले जौबारी, बर्लाची, सोतीबेसी, रिस्ती फेदी, बाहुनपोखरा, गाडापानी, पुलिमराङ र लप्री हुँदै बिलाउनीसम्मको सडकलाई चरणबद्ध रूपमा स्तरोन्नति गर्दै कालोपत्रे गरिनेछ ।

वडा अध्यक्ष गुरुङका अनुसार पहिलो चरणमा ४ करोड रुपियाँको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ । यस चरणमा बाहुनपोखरासम्मको सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँकी १२ करोड रुपियाँको बजेटबाट दोस्रो चरणअन्तर्गत गाडापानीदेखि बिलाउनीसम्मको सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको र आगामी आर्थिक वर्षमा काम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । स्थानीयवासीका लागि शहीद कालिका मोटरमार्ग यातायातको साधन मात्र नभई शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक गतिविधि र आपतकालीन सेवासँग प्रत्यक्ष रूपमा जोडिएको जीवनरेखाको रूपमा रहेको छ । विशेषगरी वर्षायाममा एम्बुलेन्ससमेत चल्न नसक्ने अवस्था भोग्दै आएका बासिन्दाले सडक कालोपत्रेपछि सेवा–सुविधामा सहज पहुँच हुने विश्वास जागेको स्थानीय काजी परियार बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...