अस्थायी–करार कर्मचारीलाई सासु कोषमा आबद्ध गराइने

Published on

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यस वर्षको नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने नीति तथा बजेटमा समाबेश गरेको थियो ।

सोही नीतिअनुसार अस्थायी, करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । स्थानीय सरकारको करार सेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्था नहोस् भनेर पालिकाले करारमा सेवारत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्युठानकै ऐरावती गाउँपालिकाले समेत अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने योजना अघि बढाएको छ । चालु आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी पालिकाले नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

काठमाडौं । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनाधिकृत पहुँच भएको पुष्टि...

झापा–५ मा चुनावी माहोल, प्रचारप्रसारमा दल

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले...

क्यानडामा गोलीकाण्ड, नौ जनाको मृत्यु

काठमाडौं । पश्चिमी क्यानडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु...

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकार बङ्गलादेशमा

काठमाडौं । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औँ आम चुनाव र जुलाईमा हुने जनमत...