स्याङ्जामा १८ सय किशोरीलाई एचपिभी खोप लगाइने

Published on

काठमाडौं । स्याङ्जामा एक हजार ७९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी फागुन ४ र ५ गते दुई दिन चल्ने अभियान मार्फत किशोरीलाई खोप लगाइने छ । जिल्लाका ९७ वडामा रहेका २३४ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

यससँगै अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने छ । अभियानलाई प्रभावकारी बनाउन २३४ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने छ । महिलाको शारीरिक तथा प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको नेपलीले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगविरुद्ध सचेत रहँदै कोही पनि खोपबाट वञ्चित नहुन नेपालीले आग्रह गर्नुभयो । अभियानअघि नै प्रचारप्रसारलाई तीव्र बनाइएको बताउँदै जिल्ला खोप समन्वय समितिका संयोजक मनिषकुमार महतोले खोप सुरक्षित भएकाले भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गर्नुभयो ।

यस वर्ष सबै भन्दा धेरै वालिङमा ४०४, पुतलीबजारमा २९५, गल्याङमा २०१, भीरकोटमा १६९, चापाकोटमा १६२, कालीगण्डकीमा ११०, अर्जुनचौपारीमा १०९, फेदीखोलामा १०३, आँधीखोलामा ८६, हरिनासमा ८० र सबैभन्दा थोरै बिरुवामा ७२ किशोरीलाई खोप लगाइने छ । यहाँ एक जना मात्र अर्जुनचौपारीमा एक जना विद्यालय नजाने किशोरी रहेको कार्यालयले जनाएको छ ।गत वर्ष मात्रै स्याङ्जामा नौ हजार ५०५ जनालाई एचपिभी खोप लगाइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...