सरकारी साक्षीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको हो । भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तामाङद्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयानको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ । 

साविक चाँगुनारायण गाविस–५ ख, कित्ता नं. २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बयान फेर्ने साक्षीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा २४ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ । उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...