देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Published on

काठमाडौं । दाङको देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ । देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान सवा ६ बजेको समयमा भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक डबलबहादुर बमले गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ  । अटोमा विद्यालय जान लागेको चार जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...