कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो । अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो । ४४.२९ अङ्क प्राप्त गरेको कोशी र ४२.४६ अङ्क प्राप्त गरेर बागमती प्रदेश क्रमशः दोस्रो र तेस्रो भएका छन् । आर्थिक वर्ष २०८०/८१ को कुल लेखापरीक्षणबाट औलाएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ को विनियोजित रकम अनुसार खर्चको अवस्था लगायत ११ वटा सुचकको आधारमा मूल्याङ्कन गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...

पञ्चकोटमा आन्तरिक पर्यटकहरूको बढ्यो आगमन

काठमाडौं । धार्मिक पर्यटकको गन्तव्य बन्दैगएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ...