बङ्गलादेश : जनमत सङ्ग्रहमा सुधारको पक्षमा बहुमत

Published on

काठमाडौं । बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ । आम निर्वाचनसँगै गरिएको उक्त जनमतसङ्ग्रह ‘जुलाई चार्टर’ नामक ८४ बुँदे सुधार प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित थियो । उक्त प्रस्तावले भविष्यमा अधिनायकवादी शासन दोहोरिन नदिन संवैधानिक संरचनामा गहिरो परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ । डेली स्टारका अनुसार २७ लाखभन्दा बढी मतदाता सुधारको पक्षमा उभिएका छन् ।

प्रस्तावित सुधारमा कार्यवाहक सरकार गठनको स्पष्ट व्यवस्था, पूर्ण स्वतन्त्र निर्वाचन आयोग स्थापना, द्विसदनीय संसद् प्रारम्भ, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण, राष्ट्रपतिको अधिकार पुनर्संरचना, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा संसदमा महिलाको प्रतिनिधित्व वृद्धि जस्ता प्रावधान समावेश छन् । प्रारम्भिक नतिजाले यी विषयमा मतदाताको सकारात्मक धारणा देखाएको छ । निर्वाचनतर्फ प्रारम्भिक गणनाले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) अग्रस्थानमा रहेको देखाएको छ । विभिन्न सञ्चार माध्यमका अनुमान अनुसार २९९ प्रत्यक्ष निर्वाचित सिटमध्ये बिएनपी र उसका सहयोगीले १८१ सिट जितेका छन् भने जमात र उसका साझेदारले ६१ सिट प्राप्त गरेका छन् । 

२४९ निर्वाचन क्षेत्रमा मतगणना सकिएको र ५० क्षेत्रमा प्रक्रिया जारी रहेको डेली स्टारले जनाएको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन र शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि सम्पन्न भएको यो निर्वाचन तथा जनमतसङ्ग्रहलाई बङ्गलादेशको राजनीतिक पुनर्संरचनातर्फको महत्त्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...