ड्रोन विवादमा उत्तरको कडा चेतावनी

Published on

काठमाडौं । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बिच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गर्नुभएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ-युङले मङ्गलबार कथित नागरिक ड्रोन उडानप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै सियोल सरकारले युद्धद्वारा विभाजित दुई राष्ट्रबीच ‘आपसी मान्यता र शान्तिपूर्ण सहअस्तित्व’ चाहेको बताउनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिपछि किम यो जोङको प्रतिक्रिया सार्वजनिक भएको हो ।

उत्तर कोरियाले गत महिना दक्षिण कोरियामाथि सेप्टेम्बर र जनवरीमा आफ्नो भू–भागमाथि निगरानी ड्रोन उडाएको आरोप लगाउँदै प्रतिशोधको चेतावनी दिएको थियो । तर दक्षिण कोरियाली सरकारले निर्दिष्ट मितिमा कुनै आधिकारिक ड्रोन सञ्चालन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । यद्यपि, सीमावर्ती क्षेत्रबाट ड्रोन उडाएको आशङ्कामा तीन जना सर्वसाधारणमाथि अनुसन्धान भइरहेको कानुन कार्यान्वयन अधिकारीले बताएका छन् । किम यो जोङले चुङको अभिव्यक्तिले ‘विवेकपूर्ण व्यवहार’ देखाए पनि सरकारी स्तरको औपचारिक र पर्याप्त कदम नभएको टिप्पणी गर्नु भएको छ । उहाँले सियोलले यस्ता गतिविधि रोक्न कडा र ठोस उपाय अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ । “उत्तर कोरियाको अपरिहार्य सार्वभौमिकता उल्लङ्घन गर्ने उक्साहट दोहोरिए त्यसले भयानक प्रतिक्रिया निम्त्याउने छ”, उहाँले चेतावनी दिनुभयो । विभिन्न प्रतिआक्रमण योजना तयार अवस्थामा रहेको र आवश्यक परे तीमध्ये कुनै एक लागु गरिने उहाँले स्पष्ट गर्नु भएको छ । अन्तर-कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कथित ड्रोन उडान तनाव न्यूनीकरणको नीतिसँग मेल नखाने बताउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जनाएको छ ।

विश्लेषकका अनुसार फेब्रुअरीको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको सम्मेलन हुनुअघि उत्तर कोरियाले दक्षिण कोरिया विरोधी भावना चर्काउने प्रयास गरेको हुनसक्छ । सो सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा ‘दुई-राज्य’ प्रणालीलाई संवैधानिक रूपमा थप्ने प्रस्ताव अघि सार्न सक्ने अनुमान गरिएको छ । सन् २०१९ यता दुई कोरियाबिच कुनै सार्वजनिक वार्ता भएको छैन । पछिल्ला वर्षमा आणविक कार्यक्रमलाई लिएर गहिरिँदै गएको गतिरोध र ड्रोन जस्ता घटनाले वैमनस्य झनै बढाएको छ । यस घटनाक्रमले लामो समयदेखि अवरुद्ध संवाद पुनः सुरु गर्ने प्रयासमा थप जटिलता ल्याउने आँकलन गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...