टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

Published on

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग पराजित भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित आर प्रेमदासा मैदानमा शुक्रबार भएको खेलमा अस्ट्रेलिया जिम्बाबेसँग २३ रनले स्तब्ध बन्यो । अस्ट्रेलियाले टी–२० मा जिम्बाबेसँग १९ वर्षपछि हार खेपेको हो । यसअघि अस्ट्रेलिया सन् २००७ मा जिम्बाबेसँग पराजित भएको थियो । जितका लागि ए कसय ७० रनमो लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि म्याट रेनशाले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै ग्लेन म्याक्सवेलले ३१ र कप्तान ट्राविस हेडले १७ रन बनाउनुभयो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले चार विकेट लिनुभयो । ब्राड इभान्सले तीन तथा वेलिङ्टन मसाकाड्जा र रायल बर्लले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । जिम्बाब्बेका लागि ओपनर ब्रायन बेनेटले अविजित सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै रायल बर्ल र तदिवानाश मारुमानीले ३५/३५ र कप्तान सिकन्दर राजा २५ रन बनाउनुभयो । बलिङमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रीनले एक एक विकेट लिनुभयो । समूह ‘बी’ मा लगातार दोस्रो जितसँगै चार अङ्क बनाएको जिम्बाबे दोस्रो स्थानमा छ । समान चार अङ्क बनाएको घरेलु टोली श्रीलङ्का नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । पहिलो हार खेपेको अस्ट्रेलियाको दुई अङ्क छ । आयरल्यान्ड र ओमानले अङ्कको खाता खोल्न सकेका छैनन । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...