नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल

Published on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनुभएको छ । उहाँले देश विकासका १० दृष्टिकोणसहितका एजेन्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले विषयवस्तुलाई स्पष्टसँग बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको चर्चा गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुरु गरिएको ‘चुपचाप मतदान’ को विषयतर्फ सङ्केत गर्दै महामन्त्री पौडेलले भन्नुभयो, “लोकतन्त्रमा कुनै पनि विषयमा प्रस्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।”

नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रस्ट रहेको बताउँदै उहाँले देश निर्माणका भिजनबारे बहस गर्न आफूहरू खुला रहेको र यसमा गर्व गर्ने उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले भन्नुभयाे, “चुपचाप होइन फागुन २१ गते गर्वका साथ रुखमा छाप लगाऔँ ।” गोरखापत्र

spot_img

ताजा समाचार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई...

झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

काठमाडौं । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको...

देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै...

गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द...