परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

Published on

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार उहाँहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई...

झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

काठमाडौं । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको...

देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै...

गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द...