पाल्पाका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

Published on

काठमाडौं । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै दिवसको अवसरमा भोलि बिदा दिएको हो । मथागढी गाउँपालिकाले आइतबार, निस्दी, पूर्वखोला, बगनासकाली र तिनाउ गाउँपालिकाले सोमबार, रामपुर नगरपालिका, तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले मंगलबार, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले बुधबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिएको जनाएको छ । स्थानीय तहहरुले पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी दिएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा कुल २ लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर जाति रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ...

रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन...

सुशासन र कृषि क्रान्तिको योजनासहित स्याङ्जा-२ मा रास्वपाका डुम्रेको चुनावी वाचापत्र

काठमाडौं । स्याङ्जा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रेले...