नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ डुडुवाको विकासको प्रमुख आधारः पूर्वमन्त्री राई

Published on

काठमाडौं । पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जसँग जोडिएका डुडुवालाई विकासको दृष्टिले पछाडि परेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। नेकपा एमालेतर्फ बाँके–२ का उम्मेदवार राईले बाँकेको डुडुवामा आयोजित चुनावी कोणसभामा सम्बोधन गर्दै नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ यसपटक आफ्नो विशेष प्राथमिकता भएको बताउनुभयो। पूर्वमन्त्री राईले भन्नुभयो, “विकासको दृष्टिले नेपालगन्जभन्दा डुडुवा धेरै पछाडि छ। अब बिगत जस्तो हुँदैन, डुडुवा र नेपालगन्ज सँगसँगै अगाडि बढ्ने छन्।”

उहाँले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा पनि पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने विषयलाई विशेष महत्त्व दिएको उल्लेख गर्नुभयो। पूर्वाधार मन्त्री हुँदा छोटो समयका लागि डुडुवा क्षेत्रका सडक र पुल निर्माणका थुप्रै योजना पारित गराइएको र तीमध्ये केही योजना पुरा भइसकेको, केही निर्माणको चरणमा रहेको उहाँले जानकारी दिनुभयो। “घरदैलोमा जाँदा ती योजनाहरु देख्दा अतिनै खुसी महसुस हुन्छ,” राईले भन्नुभयो। बाँके–२ बाट एमालेका उम्मेदवार राईले वितेका तीन वर्षमा जनतामा चेत आएको र अब फेरी त्यस्तो अवस्था नहोस भन्ने चाहना रहेको बताउनुभयो।

पूर्वमन्त्री राईले समुदायगत विविधता बाँकेको निर्वाचन क्षेत्र नं. २ को महत्त्वपूर्ण परिचय भएको उल्लेख गर्दै, विविधताभित्र निहित एकताको भाव र खुसहाल जीवनको चाहले सबै नेपालीलाई एकतामा बाँधेको बताउनुभयो। डुडुवा कम्दीका स्थानीय सोहन यादवले भन्नुभयो, “घरदैलोमा डुडुवा पुग्ने हरेक उम्मेदवारसँग जनताले प्रश्न गर्छन् – नेपालगन्ज र डुडुवा एउटै निर्वाचन क्षेत्रमा भए पनि विकासमा यति फरक किन?”गोरखापत्र

spot_img

ताजा समाचार

ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको...

कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी

काठमाडौं । कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको...

स्याङ्जामा ३८ महिला मतदान अधिकृत

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले...

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ,...