सुनचाँदीको मूल्य बढ्यो

Published on

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु पाँच  ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार ७४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको...

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई...