उदयपुरमा क्षेत्र–१ मा रास्वपाका पारसमणि निर्वाचित

Published on

काठमाडौं । उदयपुरका दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत प्राप्त गर्नुभएको छ। उदयपुर क्षेत्र नं. १ मा जम्मा १ लाख ४२ हजार ९१६ मतदाता रहेकामा ७९ हजार ४६३ मत खसेको थियो। जसमध्ये ५ हजार ५०० मत बदर भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो।

यस परिणामसँगै उदयपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ। क्षेत्र नं. २ मा रास्वपाकै सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत प्राप्त गर्नुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...