टी–२० विश्वकप : भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्दै

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार)राति साविक विजेता भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा साँझ ७:१५ बजे सुरु हुने खेलमा भारत घरेलु मैदानमा उपाधि रक्षा गर्ने अभियानमा छ । सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो ।

भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजकसमेत बन्ने दाउमा छ । यता दोस्रो पटक फाइनलमा पुगेको न्यजिल्यान्ड पनि भारतलाई रोक्दै उपाधि हत्याउन चाहन्छ । न्युजिल्यान्ड सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियासँग पराजित भएको थियो । सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराएको थियो । यस्तै न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपरािजत यात्रामा पूर्णविराम लगाएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...