सप्तरीमा आँपको उत्पादन ११ हजार मेट्रिकटनले वृद्धि हुने

Published on

काठमाडौं । आँपको राजधानी मानिने सप्तरीमा यसवर्ष आँपको उत्पादनमा वृद्धि हुने भएको छ । देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस वर्ष आँपको बोटमा विगतको तुलनामा बढी मन्जरी लागेकोले उत्पादनमा वृद्धि हुने भएको हो । गत आर्थिक वर्षमा ६४ हजार ३७३ मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिनुभयो । गत वर्ष आँपका लागि ‘अफयेयर’ अर्थात् नफल्ने वर्ष थियो र यस वर्ष ‘अनयेयर’ अर्थात् फल्ने वर्ष भएकोले उत्पादकत्वमा वृद्धि हुने उहाँले बताउनुभयो । “आँपको नेचर नै त्यस्तो हुन्छ, एक वर्ष धेरै फल्ने र त्यसपछिको वर्ष कम फल्ने र यो वर्ष बढी फल्ने वर्ष भएकोले उत्पादनमा वृद्धि हुनु स्वभाविक हो” राउतले भन्नुभयो ।

कूल आठ हजार २५३ हेक्टर जमिनमा आँपको बोट रहेको सप्तरीमा आर्थिक वर्ष २०८२÷०८३ मा ७५ हजार मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि चिनिएको सप्तरीको भौगोलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाउँदो मानिन्छ । मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट मानिएको छ ।यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप एकदमै स्वादिलो हुने भएकाले अनयन्त्र जिल्लामा पनि ती आँपहरूको ठुलो माग रहिआएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...