घोराहीमा यातायात कार्यालय खोल्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

Published on

काठमाडौं । घोराहीमा यातायात कार्यालय स्थापना गर्न माग गर्दै घोराही बनाऔँ अभियानले लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका अनुसार, सवारी साधनको लाइसेन्स नवीकरणदेखि बिलबुकको राजस्व तिर्नेसम्मका कामका लागि सेवाग्राहीले विभिन्न स्थान धाउनुपर्ने समस्या देखिएको छ। त्यसैले अभियानले घोराहीमै यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गरेको हो। बिहीबार, संयोजक सबिन प्रियासनको नेतृत्वमा पुगेको टोलीले मन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।

अभियानले यसअघि पनि पूर्व यातायात मन्त्री रोज राना, जिल्ला समन्वय समिति दाङ र अन्य सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइसकेको जनाएको छ। ज्ञापनपत्र प्राप्त गर्दै मन्त्री न्यौपानेले घोराहीमा यातायातको सम्पर्क कार्यालय छिट्टै स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो। जनसरोकारका विषयमा अभियानले चासो देखाएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...