बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

Published on

काठमाडौं । जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पीडित श्रेष्ठमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । पक्राउ परेकी आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले उहाँको भनाई छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको  प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह...

बुढीगङ्गाको बाढीले खोस्यो ओलेनाबासीको रोजीरोटी

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–४ को ओलेना बस्ती कुनै बेला जिल्लाकै कृषि उत्पादनका क्षेत्रमा...