बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

Published on

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन पूर्वसतर्कता अपनाउने निर्णय बागलुङका सरोकारवालाले गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा विपद् व्यवस्थापनको पूर्वतयारी र नागरिकको दैनिकीमा परेको प्रभावबारे छलफल गरिएको हो। सहभागीहरूले पेट्रोलियम पदार्थ, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने उपाय खोजिएको बताएका छन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रतिनिधिहरूले आगामी दिनमा कुनै समस्या आउन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, अघिल्ला वर्षमा भएका विपद्जन्य घटनाका पीडितहरूले अझै घर निर्माण गर्न नसकेको विषयमा समेत चासो व्यक्त गरिएको थियो।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पाँच वर्षअघिको बाढीबाट पीडितहरूले अझै घर बनाउन नसकेको उल्लेख गर्दै राज्यबाट स्पष्ट सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले अघिल्लो जनप्रतिनिधिको पालामा दिनुपर्ने राहत अझै नपाएको गुनासो गर्नुभयोे। ढोरपाटनमा बाढीपहिरोबाट १२६ भन्दा बढी घरपरिवार प्रभावित भएका थिए। तीमध्ये २० जनाभन्दा कमले मात्र पुनर्निर्माणका लागि पहिलो किस्ता पाएका छन्। मापदण्ड पूरा गर्न नसक्दा दोस्रो किस्ता लिन नसकेको र कतिपयले घर बनाए पनि राहत नपाएको अवस्था रहेको छ। अन्य पालिकामा पनि पीडितहरूले समयमा राहत नपाएको तथा कतिपयको सूचीकृत हुन नसकेको गुनासो रहेको छ। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले पीडितहरू अझै सूचीकृत हुने प्रतीक्षामा रहेको बताउनुभयो। जैमिनी नगरपालिकाले भने घरबारविहीनलाई आफ्नै नीतिमार्फत सहयोग गरेर घर निर्माणको पहल गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो।

बजारमा दैनिक उपभोग्य वस्तुको उपलब्धता सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताउनुभयो। उहाँका अनुसार सदरमुकाम मात्र नभई जिल्लाभरिका उपभोक्ताको अवस्था बुझ्ने, साना तथा ठूला व्यवसायीका गोदाम अनुगमन गर्ने र सामग्रीको समतामूलक वितरण सुनिश्चित गर्ने योजना बनाइएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सामग्रीको गुणस्तर र परिमाणसमेत अनुगमन गरिने बताउनुभयो। “एक लिटर पेट्रोलियम पदार्थ भनिँदा वास्तविक मात्रा पुगेको छ कि छैन भन्ने पनि जाँच गरिन्छ,” उहाँले भन्नुभयोे, “सामान्य लाग्ने विषयमै उपभोक्ता ठगिएको पाइएकाले प्राविधिक जनशक्ति परिचालन गरेर अनुगमन गरिनेछ।” जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिले मध्यपूर्वको परिस्थितिले हालसम्म दैनिक उपभोग्य वस्तुको आपूर्तिमा असर नपरेको भन्दै आम नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्। साथै, उपभोक्तालाई सामग्रीको गुणस्तरप्रति सचेत रहन पनि अनुरोध गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबिच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...