प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Published on

काठमाडौं । पोखरामा बिहीबारबाट खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । २१ औं संस्करणको प्रतियोगिता पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुरुवात गर्नुभयो । प्याराग्लाइडिङ च्याम्पियनसिप अहिले मध्यपूर्वमा जारी तनावका कारण प्रभावित भएको छ । युद्धको प्रभावले सात देशका करिब एक सय जना खेलाडी सहभागी हुने तय भएकोमा पाँच देशका ६२ खेलाडीमात्र सहभागी भएका छन् । आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसीले मध्यपूर्वमा जारी युद्धले प्रतियोगिता प्रभावित बनेको उल्लेख गर्नुभयो । पछिल्लो परिस्थितिका कारण प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका २५ जना खेलाडी आउन सकेनन् । प्रतियोगिता सुरुआत गर्दै महानगर प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान र पृथक आकर्षण भएको बताउनुभयो । “एउटा विकासले अर्काे विकास रोकिनु हुँदैन,” उहाँ भन्नुहुन्छ, “सुरक्षामा विशेष ध्यान दिनुहोला । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा प्याराग्लाइडिङ बन्द हुने अवस्था बन्न हुँदैन ।”

प्रतियोगितामा आवश्यक सुरक्षाको चुस्त व्यवस्था मिलाइएको सुरक्षा निर्देशक योगेश भट्टराईले बताउनुभयो । प्रतियोगिता अन्तर्गत सोलो उडान सराङकोटबाट उडान गरी खपौदीमा अवतरण हुनेछ । प्रतियोगिता अवधिभर टेन्डम उडान तोरीपानीबाट सुरु भई पामेमा ल्यान्ड हुनेछ । बिहीबारबाट सुरु भई शनिबारसम्म चल्ने प्रतियोगिता एक्युरेसी विधाको हो । प्रतियोगितामा पुरुष, महिला तथा टिम इभेन्ट गरी तीन खालका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ एक्युरेसी विधामा पहिलो हुनेले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । महिलातर्फका विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोलाई २५ हजार पुरस्कार दिइनेछ । च्याम्पियनसिपको टिम ओभरअल विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पाउनेछन् । प्रतियोगिता गर्न ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्याराग्लाइडिङ पोखराको पृथक पहिचान बनेको छ । पोखरामा अहिले प्याराग्लाइडिङका ५३ कम्पनी सञ्चलनमा छन् । अहिलेसम्म चार सय १६ प्यारा पाइलट दर्ता भएकोमा दुई सय ६५ जना नियमित काममा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...