डेढ वर्षदेखि चिकित्सकविहीन पाटन भेटेरिनरी अस्पताल, सेवा प्रभावित

Published on

काठमाडौं । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ। विशेषज्ञ चिकित्सक अभावका कारण पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो। केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ। करार सेवामा कार्यरत चिकित्सक स्थायी सेवामा नाम निकालेपछि अन्यत्र गएपछि केन्द्र लामो समयदेखि चिकित्सकविहीन बनेको कार्यालयले जनाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाटनका निमित्त प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावकै कारण पछिल्लो समय विभिन्न समस्या देखिन थालेका छन्।

केही दिनअघि सिगास गाउँपालिकाको जंगलमा घाइते अवस्थामा भेटिएको चितुवाको बच्चाको उपचारका लागि डडेल्धुराबाट चिकित्सक बोलाउनुपरेको उनले जानकारी दिनुभयो। त्यस्तै, शिवनाथ गाउँपालिकामा एक स्थानीयको गाईको उपचार गर्न पनि बाहिरबाटै चिकित्सक ल्याउनुपरेको थियो। पन्तका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञ चिकित्सकको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ। गम्भीर प्रकृतिका बिरामी पशुका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको उक्त केन्द्रमा लामो समयदेखि चिकित्सक अभाव रहँदा पनि पदपूर्ति हुन नसक्दा स्थानीय सेवाग्राही प्रभावित भएका छन्। विशेषज्ञ सेवा अभावका कारण पशुमा लाग्ने रोगको पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया तथा निरोगिता प्रमाणीकरणजस्ता सेवा प्रभावहीन बनेका छन्। यसका कारण पशुपालन क्षेत्रमा लगानी गर्नसमेत स्थानीय किसान हिच्किचाउन थालेको गुनासो गरेका छन्।

spot_img

ताजा समाचार

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

काठमाडौं । मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ...

अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा...