बास्केटबल लिग : टाईम्स र गोल्डेनगेट विजयी

Published on

काठमाडौं । टाइम्स र गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा जारी लिगमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५–७२ ले हरायो । टाईम्सले पहिलो क्वाटर २८–२५ र दोस्रो क्वाटर २८–८ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५६–३३ को अग्रता बनाएको थियो । टनईम्सले तेस्रो क्वाटर २१–१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर सोलोले २१–१८ ले आफ्नो पक्षमा पारेको थियो । लगातार १०औँ जितसँगै टाईम्सले ११ खेलबाट २१ अङ्क बनाएको छ । नवौँ हार खेपेको सोलोको समान खेलबाट १३ अङ्क छ । 

यस्तै अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२–५९ ले हअरायो । गोल्डेनगेटले पनि ११ खेलमा १०औँ जित हो । जितसँगै गोल्डेनगेटले ११ खेलबाट २१ अङ्क बनाएको छ । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबिएलमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले चार लाख रुपियाँ, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...