फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

Published on

काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गर्नु भएको छ । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामाकरण गर्न सकरात्मक भूमिका खेलेकोमा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरुलाई धन्यवाद दिनु भएको छ । यद्यपि, उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अनुमोदन नगरेको जनाएको छ । ट्रम्पको पारिवारिले गत फेब्रुअरीमा विमानस्थलको पुनः नाममकरणका लागि आवेदन दायर गरेको सीबीएस न्यूजले जनजाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...