अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार, लेखन कार्य सुरु

Published on

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको संवैधानिक दायित्वअनुसार मन्त्रालयले मार्गदर्शन तयार गरी सबै सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको सहसचिव टंकप्रसाद पाण्डेयले बताउनुभयो। सहसचिव पाण्डेयका अनुसार आगामी वर्षको बजेटमा मुख्यतः आर्थिक अनुशासन र खर्चमा मितव्ययितामा जोड दिइनेछ। मन्त्रालयहरूले आयोजना प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र प्रोजेक्ट बैंकमा सूचीकृत आयोजना मात्र बजेटमा समावेश गर्ने गरी मार्गदर्शन तयार गरिएको छ।

सहसचिव पाण्डेयले भन्नुभयो, “बजेट तयारीका लागि मार्गदर्शन तयार गरेका छौं। आगामी आर्थिक वर्षको बजेटले लिनुपर्ने प्राथमिकताका विषयवस्तु समेटिएको छ। मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रस्ताव गर्दा सतर्क र संवेदनशील हुन आवश्यक छ। स्रोत अनुमान समितिले राजश्व र वैदेशिक सहयोगको आकलन गरी स्रोत निर्धारण गरेको छ र मन्त्रालयहरूलाई सिलिङ पठाइसकिएको छ। गत वर्षको तुलनामा यस वर्ष कम सिलिङ प्रस्ताव गरिएको छ। नयाँ सरकारको प्राथमिकता र राजस्व वाचापत्रका विषयहरू आगामी बजेटमा सम्बोधन हुनेछ।” योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले विभिन्न विश्लेषणपछि स्रोत अनुमान प्रतिवेदन पेश गरेको र सोहीअनुसार बजेट लेखनको कार्य अघि बढ्न लागेको हो। गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...