नेपालगन्ज नाकाबाट ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

Published on

काठमाडौँ । पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार, यो नाकाबाट हरेक वर्ष निर्यातमा वृद्धि भइरहेको छ। भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिनुभयो कि चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्म १४ लाख २० हजार २९० किलो विभिन्न प्रकारका जडिबुटी ४६ करोड १३ लाख ५ हजार रुपियाँमा निर्यात गरिएको छ।

यस वर्ष नेपालगन्ज नाकाबाट सल्लाको आँखला पनि पहिलो पटक निर्यात सुरु भएको छ। सो अवधिमा ३९ हजार ६४९ मेट्रिक टन सल्लाको आँखला १९ लाख ३९ हजार रुपियाँ मूल्यमा निर्यात भएको छ। जडिबुटी व्यवसायी संघ बाँकेका अनुसार, सल्लाको आँखलामा १०० प्रतिशत कर लगाइएकाले निर्यात कम भएको हो। संघका अध्यक्ष टंक प्रसाद शर्माले निकासी कर घटाइएमा निर्यात धेरै बढ्ने बताउनुभयो। भारततर्फ निर्यात हुने जडिबुटीमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला सबैभन्दा बढी रहेको छ। अध्यक्ष शर्माका अनुसार नेपालबाट निर्यात हुने जडिबुटीको करिब ८५ प्रतिशत भारततर्फ जान्छ। गोरखापत्र

spot_img

ताजा समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी...

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

 काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी)...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र...