एसइईमा कपिलवस्तुबाट नौ हजार ८८२ विद्यार्थी सहभागी हुने

Published on

काठमाडौं । कपिलवस्तुमा बिहीबार  देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पुरा भएको छ । केन्द्राध्यक्ष केन्द्रमा खटी सकेका छन भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थापना पुगी सकेको छ ।शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख चोपलाल बेल्बासेले एसईइको सबै तयारी पुरा भएको बताउनुभयो । उत्तर पुस्तिका सम्बन्धित केन्द्रमा पुगी सकेको छ । प्रश्न पत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा पठाई सकिएको छ । जिल्लामा ३५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । सदरमुकाम तौलिहवामा ६ र सदरमुकाम बाहिर २९ वटा केन्द्र छन् । जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण सम्पन्न भइ सकेका छ । जिल्लामा १७१ विद्यालयका नौ हजार ८८२ जना परीक्षामा सहभागी हुनेछन् । जसमध्ये नियमित तर्फ आठ हजार ४३२ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । यस्तै ग्रेडवृद्धी तर्फ एक हजार ४५० जना  परीक्षार्थी छन् । परीक्षा सुरक्षित निष्पक्ष र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी समेत परिचालन गरिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ जर्नादन गौतमले  बताउनुभयो । 

सामुदायिक १३४ र संस्थागत ३७ विद्यालयका परीक्षार्थी सहभागी हुनेछन् ।परीक्षामा ३५ केन्द्राध्यक्ष, ७० सहायक केन्द्राध्यक्ष, पाँच सय निरीक्षक लागतका गरी साढे सात सय जनशक्ति परिचालन हुनेछन् ।  बिहीबार अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

मोबाइल निषेध

परीक्षामा मोबाइल निषेध गरिएको छ । परीक्षामा मोबाइल सहीत डिजीटल सामाग्री लैजान निषेध गरिएको शिक्षा बिकास तथा समन्वय ईकाईका निमित्त प्रमुख चोपलाल बेल्बासेले बताउनुभयो । यस्तै चिट, गेस पेपर, गाईड लगायतका सामाग्री समेत लौजन पाईने छैन ।परीक्षालाई मर्यादीत बनाउन परीक्षा केन्द्रको गेट मै महिला र पुरुष निरीक्षकले खानतलासी लिन सक्ने बेल्बासेको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी...

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

 काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी)...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र...