सिफलिस प्रभावित १८७ जना नयाँ बिरामी भेटिए

Published on

 काठमाडौं । बाँकेमा १८७ जना सिफलिस प्रभावित नयाँ बिरामी भेटिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालमा सञ्चालन भइरहेको सिफलिस (भिरिङ्गी) सम्बन्धी वैज्ञानिक अनुसन्धानको क्रममा गत तीन महिनामा गरिएको तथ्याङ्क संकलनमा १८७ जना सिफलिसका नयाँ बिरामी भेटिएको भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले बताउनुभयो । उहाँले तीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको तथा केहीले यसअघि उपचार गराइसकेका बिरामीसमेत रहेको जनाउँदै बिरामीमा मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका युवा बढी पाइएको बताउनुभयो । डा. चापागाइँका अनुसार जन्मजात संक्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत संक्रमण पुष्टी भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा संक्रमण सरेको भेटिएको छ । भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभाग अन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको अस्पताललले जनाएको छ । ‘भेनस कर्नर’ मा  सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ । 

छाला तथा यौन रोग विशेषज्ञ डा. चापागाइँका अनुसार सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधीको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या हो । अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ । अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी रेकर्डमा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो संक्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् । भेरी अस्पतालमा २०२६ जनवरी १ देखि सुरु भएको सिफलिससम्बन्धि अनुसन्धान यो वर्षको डिसेम्बर अन्तिमसम्म निरन्तर जारी रहने अस्पतालले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...