काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित संसदको सबैभन्दा ठूलो दल बनेको छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा २०८२ भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेपछि निर्माणाधीन अवस्थामा रहेको यसै भवनमा बैठक सञ्चालन गरिएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु भएको छ । गोरखापत्र

