हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

Published on

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट उनलाई पक्राउ गरिएको हो । शुक्रबार बिहान अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज बिक रहनुभएको छ । शुक्रबार नेपाली विषयको परीक्षा रहेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा बिकले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुल्न आएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ । बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना विद्यार्थी सहभागी भएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न...

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव: मन्त्री तिमिल्सिनाद्वारा योगदानको प्रशंसा

काठमाडौं । नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा...

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...