४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

Published on

काठमाडौं । धनुषाको मिथिला नगरपालिका –१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई रङ्गेहात नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा निरन्तर दुःख–हैरानी दिने गरेका थिए । सोही क्रममा ठेकेदारसँग रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...