बैतडीमा सरकारी सेवा सहज र बिचौलियामुक्त बन्दै

Published on

काठमाडौं । जिल्लास्थित सरकारी कार्यालयहरू बाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ । सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन थालिएको छ ।विगतमा सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहे पनि हाल सेवा छिटो, छरितो र सरल रूपमा उपलब्ध हुन थालेको सेवाग्राहीले बताएका छन् । स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको सेवाग्राहीले बताउन थालेका छन ।जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको बताएको  छ ।  प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य भएमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।

जिल्लास्थित सबै कार्यालयहरूलाई सार्वजनिक सेवा बिचौलियामुक्त बनाउन प्रशासनले आग्रह गरेको छ । साथै सेवा प्रवाहलाई अझ छिटो, छरितो र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ । स्थानीय स्तरमै सेवा निःशुल्क र सहज रूपमा उपलब्ध हुन थालेपछी सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सकेका छन ।यसले ग्रामीण भेगका नागरिकलाई विशेष रूपमा लाभ पुगेको बताइएको छ । सरकारी सेवा प्रणालीमा आएको सुधारले पारदर्शिता अभिवृद्धि हुनुका साथै सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...