सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

Published on

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । अब भने काम अघि बढ्ने देखिएको छ । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा काम गर्न निकै चुनौतीको सामना गर्नुपरिरहेको आयोजनाले जनाएको छ । अहिले बनेको नयाँ सरकारसँग ठूलो आशा राखेर काम अघि बढाइएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताउनुभयो । प्रदेश सरकारसँग पटक–पटक सामान्य पूर्वाधार निर्माणका काम अघि बढाउन भनिएको भए पनि निकै चुनौतीको सामना गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो । अहिले केही काम गर्ने प्रतिवद्धता गरेकाले निर्माणको काम अघि बढाउन लागिएको उहाँको भनाइ छ । प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ । 

उद्योग निर्माणका केही कामहरु भने सुरु गरिएको तिमिल्सेनाले बताउनुभयो । विद्युत, खानेपानी र पहुँच मार्ग लगायतको भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोही बमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्न लागेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । दश किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताउनुभयो । उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा ७ को लखरपाटादेखि मदन भण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गर्न लागिएको हो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भर्ट निर्माण र ग्रावेलसम्मका गर्नेगरी सम्झौता गरेर काम अघि बढाइएको जनाइएको छ । अहिले सडक निर्माणको काम धमाधम रुपमा अघि बढेको छ । 

लगानीको खोजी

उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने भएपछि थप काम अघि बढाइने भएको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । अहिले रोकिएको कामसमेत पुनः सुरु गरिएको हो । करिब १५ अर्ब रुपियाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । उद्योग सञ्चालनको काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिने कम्पनीका तिमिल्सेनाले बताउनुभयो । ठूलो लागत लाग्ने भएपछि बाह्य लगानीको खोजी गरिने उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा...